नियम
आय आर्जन हुने कार्यमा लगानी गर्ने

६. आय आर्जन हुने कार्यमा लगानी गर्नेः

(१) समितिले ट्रष्टको सम्पत्ति आय आर्जन हुर्नेः  कार्यमा प्रयोग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्पत्तिको प्रयोग गर्दा समितिले देहाय बमोजिम गर्न सक्नेछः –
(क) ट्रष्टको जग्गामा भवन निर्माण गरी व्यापारिक वा अन्य प्रयोजनका लागि भाडामा दिने,
(ख) ट्रष्टको जग्गा लिजमा दिन नेपाल सरकार समक्ष सिफारिस गर्ने र नेपाल सरकारको निर्णय बमोजिम लिजमा दिने,
(ग) ट्रष्टलाई प्राप्त भएको रकम मध्ये समितिले उचित ठह¥याएको रकम नेपाल सरकार वा नेपाल राष्ट्रबैंकले जारी गरेको ऋणपत्रमा लगानी गर्ने,
(घ) ट्रष्टलाई प्राप्त भएको रकम लगानी गरी कुनै बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पूँजीको
पाँच प्रतिशतसम्म शेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक शेयरधनी हुने,

(ङ) ट्रृष्टलाई आफ्नो कार्यक्रम _सञ्चालन: गर्न तत्काल आवश्यक नभएको रकम बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्र प्रास “क” वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्ने,
वा वित्तीय संस्थामा जम्मा गरेको रकम मुद्दति खातामा जम्मा गरेको कुल रकमको कम्तीमा साठी प्रतिशत हुनु पर्नेछ ।
(च) ट्रष्टलाई आय आर्जन हुने भनी समितिले उचित ठह¥याएको अन्य कुनै कार्यक्रम वा आयोजनामा नेपाल सरकारको पूर्व स्वीकृति लिई लगानी गर्ने ।